महिलाको नेतृत्व शासन-प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ: सभामुख घिमिरे

काठमाडाैं | फागुन २४, २०७९

महिलाको नेतृत्व शासन-प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ: सभामुख घिमिरे

काठमाडौं:    सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि  शुभकामना व्यक्त गर्नुभएको छ ।


‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा उहाँले नेपाली महिला आन्दोलनमा योगदान गर्नुहुने अग्रजप्रति पनि विशेष सम्मान र श्रद्धा अर्पण गर्नुभएको छ ।

 

“जनआन्दोलनसहितका विभिन्न आन्दोलन र अभियानले नेपालमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गरेको छर्लङ्ग छ”, सभामुख घिमिरेले सन्देशमा भन्नुभएको छ, “आधाभन्दा बढी जनसङ्ख्या रहेका महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ दशमलव दुई प्रतिशत महिला निर्वाचित हुनुहुन्छ भने सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति छ ।”


उहाँले सामाजिक बनावटले वर्षौंदेखि महिलालाई पछाडि पारिए पनि राजनीतिक चेतना र हाम्रा आन्दोलनको परिणामस्वरूप राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा महिलाले सफल नेतृत्व प्रदान गरिसक्नुभएको उल्लेख गर्नुभएको छ ।
 

महिला माथिको विभेदलाई आफ्नै आमा, दिदीबहिनी वा छोरीविरुद्धको अपमान हो भन्ने बुझ्न सके सामाजिक असमानतासमेत हट्ने बताउँदै सभामुखले भन्नुभएको छ, “अहिले पनि महिलामाथि हुने सामाजिक विभेद, अन्याय र हिंसाले समाज ग्रसित छ । महिलालाई राजनीतिक, आर्थिक र सामाजिकरूपमा मूल प्रवाहमा ल्याउन चेतना अभिवृद्धि गर्न जरुरी छ ।”

 
उहाँले यस दिवसले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास हुने अपेक्षा गर्नुभएको छ ।

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  का...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

थप पढ्नुहोस्